काठमाडौं। राष्ट्रिय लिगअन्तर्गत विभागीय डर्बीमा एपीएफ फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न दिनको तेस्रो तथा अन्तिम खेलमा एपीएफले आर्मीलाई १–० गोलले हराएको हो।
खेलको ७६औँ मिनेटमा सविन गुरुङले गरेको गोल नै एपीएफका लागि निर्णायक बन्यो। त्यसपछि दुवै टोलीले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्।
यस जितसँगै एपीएफले १० खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। समान खेल खेलेको आर्मी भने २० अंकसहित चौथो स्थानमा रहेको छ।


