सिल्भाको गोल व्यर्थ, वेस्ट ह्यामले सिटीलाई रोक्यो


काठमाडाैं। इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्।

शनिबार राति सम्पन्न खेलमा सिटी १–१ गोलको बराबरीमा राेकिएकाे हाे।

खेलको ३१औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। उनले ओमर मर्मुशको पासमा उत्कृष्ट गोल गरेका थिए। तर, वेस्ट ह्यामले ३५औँ मिनेटमै खेल बराबरीमा ल्यायो। जारोड बोवेन को क्रसमा कोन्स्टान्टिनोस माभ्रोपानोस ले हेडरमार्फत गोल गर्दै स्कोर १–१ बनाए।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर बनाए पनि दोस्रो हाफमा थप गोल हुन सकेन। म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड, रायन चेरकी र माथेउस नुनेस का प्रहार वेस्ट ह्यामका गोलरक्षक माड्स हर्मान्सेन ले उत्कृष्ट रूपमा बचाए।

खेलको अन्तिम समयमा म्यानचेस्टर सिटीले लगातार दबाब बनाए पनि गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो।

याे नतिजासँगै जारी प्रिमियर लिगमा सिटीले ३० खेलबाट ६१ अंकसहित दाेस्राे स्थानमा छ। समान खेलबाट ७० अंक रहेकाे आर्सनल शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको