काठमाडौं। राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडलाई फ्रेन्ड्स क्लबले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा चर्च ब्वाइमाथि फ्रेन्ड्सले २–० को शानदार जित निकालेको हो। तेस्रो जितसँगै फ्रेन्ड्स ११औं स्थानमा उक्लिएको छ। लिगमा १० खेल खेलको फ्रेन्ड्सले १२ अंक जोडेको छ।
चर्च ब्वाइजको भने यो दोस्रो हार हो। समान खेलबाट चर्च बोइजको २२ अंक रहेको छ।
२८औं मसया टहराले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाए। ४५औं मिनेटमा आशिष चापागाईंको पासमा मौसम सुब्बाले गोल गर्दै फ्रेन्ड्सलाई २–० को जित दिलाए।


