काठमाडौं। युइएफए च्याम्पियन्स लिगको रोमाञ्चक अन्त्य भएको खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ।
खेलको २२औं मिनेटमा विनिसियस जुनियरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा एर्लिङ हालाण्डले बराबरी गोल फर्काउँदै खेल १–१ को स्थितिमा ल्याए।
खेलको इन्जुरी समयमा विनिसियस जुनियरले नजिकबाट गोल गर्दै रियललाई २–१ को जित दिलाए।
यसअघि खेलको २०औं मिनेटमै बर्नार्डो सिल्भा रातो कार्ड पाउँदै सिटी १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा रियलले अन्ततः उठायो।
जितसँगै रियल म्याड्रिड क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिएको छ।
यस्तै, अर्को खेलमा पीएसजीले चेल्सीलाई समग्रमा ८ २ ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो।


