महिल लिग: एनआरटीविरुद्ध संकटा र आर्मीविरुद्ध झापा भिड्दै


काठमाडौं। सहिद स्मारक राष्ट्रिय महिला लिग आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। प्रतियोगिताका सबै खेल च्यासल रंगशालामा आयोजना गरिने छन्।

उद्घाटन खेलमा न्यू रोड टिम (एनआरटी) र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ११ बजेबाट सुरु हुने तालिका रहेको छ।

यस्तै, दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले झापा एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

प्रतियोगिता तीन विभागीयसहित कुल ९ टोली सहभागी रहने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको