प्रधानमन्त्री कप एनभीए लिग :  बैशाख १० देखि, विजेताले १० लाख पाउने


काठमाडौं। नेपाल भलिबल संघको आयोजनामा हुने
१०औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग बैशाख १० गतेबाट सुरु हुने भएको छ।

शनिबार काठमाडौं पत्रकार सम्मेलनमार्फत एनभिएले प्रतियोगिताको बारेमा जानकारी गाएको हो।

प्रतियोगिता बैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुनेछ। यस्तै, विजेताले १० लाख पाउनेछ। उपविजेताले ५ लाख तथा तेस्रो हुनेले २ लाख ५० हजार पाउनेछ।

यस्तै, विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले ६०/६० हजार पाउनेछ। अन्य खेलाडीले ३०/३० हजार तथा उपत्यका बाहिरको टिमलाई बस्न र खानको लागि प्रतिव्यक्ति १२ सय तथा उपत्यका भित्रका खेलाडीहरुले ३०० सय पाउनेछन्।

प्रतियोगिता सम्पन्नको लागि १ करोड १५ अनुमानि खर्च हुने संघले जनाएको छ। जसमा हरेक टिमले तीन बिदेशी खेलाडी राख्न पाउनेछ।

प्रतियोगिता तीन विभागीय ८ पुरुष तथा ६ महिला टोलीसहित कुल १४ टिमको सहभागीता रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको