काठमाडौं। फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।
अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन्। करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन्। अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन्।
नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत विजेता अनिताले यसअघि ६ हजार ३८ मिटर उचाइको छुलु फारइस्ट हिमाल आरोहण गरिसकेकी छन्।


