लैनचौर टिम च्याम्पियन


काठमाडाैं। लैनचौर तेक्वान्दो डोजाङले दोश्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ।

एसकेबीसी तेक्वान्दो डोजाङको आयोजनामा बसुन्धरामा भएको प्रतियोगितामा लैनचौरले ६ स्वर्ण जित्यो। ५ स्वर्णसाथ आयोजक एसकेबीसी दोश्रो तथा ४ स्वर्णसाथ नागर्जुन तेक्वान्दो डोजाङ तेश्रो भए।

पुरुषमा एसकेबीसीका रविन्द्र स्याङ्तान तथा महिलामा नागर्जुनकी रोशना थापा उत्कृष्ट खेलाडी घोषित भए। कार्यक्रममा एसकेबीसी वर्ष खेलाडी अवार्ड– २०८२ अन्तर्गत पुरुषमा सोफिक बराइली र महिलामा एलेक्सा पाण्डेलाई सम्मान गरिएको थियो। विशेष सम्मानस्वरूप गायक तथा गीतकार आर.के. थारु सम्मानित भए।

प्रतियोगितामा विभिन्न २२ स्पर्धामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका थिए।

प्रतियोगिता संयोजक एवं आयोजक डोजाङका प्रमुख रञ्जित डंगौराले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको