पुलिस स्कुल सेमिफाइनलमा

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिताअन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस स्कुलले रत्न राज्य माध्यमिक विद्यालयलाई ५० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।

पुलिसका सुनिल ठाकुरले २५, प्रियान्शुकिशोर राउतले २२ तथा श्यामबाबु ठाकुरले २० रनको योगदान दिए। राजप्रताप यादव र १४ प्रिन्सराज यादवले समान १४ रन जोडे। अतिरिक्तबाट टोलीले २३ रन प्राप्त गरेको थियो।

रत्न राज्यका लागि आयुष पाण्डे र बिकेश तामाङले समान ३/३ विकेट लिए भने दिपेश थापाले १ विकेट हात पारे।

May be an image of one or more people, people playing cricket, people standing, poster, banner, dais and stadium

पुलिस स्कुलले दिएकाे १४५ रनको लक्ष्य पछ्याएको रत्न राज्य माध्यमिक विद्यालय १७.१ ओभरमा ९४ रनमै अलआउट भयो। उदयकुमार मण्डलले सर्वाधिक ३१ रन बनाए भने सकिन्द्र यादवले १५ र रविकिशन कुमार गुप्ताले १४ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

पुलिसका सुजित यादवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सागर सिंहले ३ तथा प्रियान्शु किशोर राउतले २ विकेट हात पारे। यसैगरी आयुष पाण्डे रनआउट नभई ८ रनमा रहे।

अलराउण्ड प्रदर्शन गर्दै ४ विकेट लिन सफल नेपाल पुलिस स्कुलका सुजित यादव ‘ पिक पाेइन्ट प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै पुलिस स्कुल अब फाइनल प्रवेशकाे लागि सैनिक आवासीय महाविद्यालयसँग साेमबार दाेस्राे सेमिफाइनलमा खेल्नेछ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ। कुल २४ टोलीको सहभागिता रहेको थियाे। विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्।

प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रा.लि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कूल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक,पाईलट पेन, होप हस्पिटल र लोकल थकालीको सहयोग रहेको आयोजकले जनाएको छ।

May be an image of text


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको