ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड सेमिफाइनलमा

काठमाडौं। ग्रान्डी स्टार्स र ट्रेनिङ ग्राउन्ड पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। दुवै आरामदायी जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन्।

नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा ग्रान्डीले आईएसए नेपाललाई ६१–११ ले पराजित ग¥यो। ग्रान्डीको जितमा विनामनि योञ्जनले १२ अंक योगदान गरिन्। चारै क्वाटरमा अग्रता बनाएको ग्रान्डीले २०–४, १२–३, १९–४ र १०–० को प्रदर्शन ग¥यो।

ग्रान्डी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो। तीन टिम रहेको यो समूहबाट लगातार दुई हारसंगै आईएसए नेपाल प्रतियोगिताबाट बाहिरियो। एक खेल जितको बूढानीकलण्ठ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सपल भयो।

युनिशाको १५ अंक सहयोगमा ट्रेनिङ ग्राउन्डले एनसीसीएसलाई ६५–९ ले हरायो। पहिलो क्वाटरमा १८–२ को अग्रता कायम गरेको ट्रेनिङ ग्राउन्डले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै १२–४, १२–० र २३–३ स्कोर ग¥यो। तीनै टिम रहेको समूह ‘बी’ बाट ट्रेनिङ ग्राउन्ड विजेता हुँदै सेमिफाइनल पुग्यो। बलर्स उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो।

पुरुषमा केभीसी हउान्ड्सले सोलोलाई ८७–८५ तथा डा एरीले बलर्सलाई ७४–४८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे। केभीसीका पासाङ मास्केले ३४ तथा डा एरीका विक्रम डंगोलले ३३ स्कोर गरे। त्यस्तै डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, कीर्तिपुर, इन्जिनिएरिङ, टाइम्स र बूढानीलकण्ठ पनि क्वाटरफाइनलमा पुगिसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको