काठमाडाैं। एसीसी महिला प्रिमियर कप २०२६ को उपाधि थाइल्यान्डले जितेकाे छ।
शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ।
युएईले दिएकाे ९६ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्डले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
यस जितसँगै थाइल्यान्ड एसीसी महिला प्रिमियर कप २०२६ को विजेता बनेको छ।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो।