काठमाडाैं। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या चार पुर्याएका छन्। मंगलबार बिहान भएको खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै विश्वकपको अन्तिम ३२ टोलीको चरणमा प्रवेश सुनिश्चित गर्यो।
मार्कस पेडर्सनले ४३औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। घाइते भएका खेलाडीको स्थानमा मैदान प्रवेश गरेका पेडर्सनले आफ्नो विश्वकप डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गरे। त्यसपछि हालान्डले ४८औं र ५८औं मिनेटमा गोल गर्दै नर्वेको अग्रता ३–१ पुर्याए।
पहिलो गोलमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा दौडिएका हालान्डले बायाँ खुट्टाले प्रहार गर्दै सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीलाई बिट गरे। दोस्रो गोलमा उनले रक्षापंक्तिलाई छिचोल्दै प्याट्रिक बर्गको पासलाई दायाँ खुट्टाले भलीमार्फत जाली चुमाए।
गोल गरेपछि हालान्डले कानतर्फ हात लगाउँदै हजारौं नर्वेली समर्थकलाई उत्साहित बनाए। हालान्डको अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट लय जारी छ। उनले पछिल्ला १२ अन्तर्राष्ट्रिय खेलमा २४ गोल गरेका छन्। प्रत्येक खेलमा कम्तीमा एक गोल गर्न सफल भएका छन्।
५२ अन्तर्राष्ट्रिय खेलमा उनको कुल गोल संख्या ५९ पुगेको छ। २५ वर्षीय हालान्ड विश्वकपका आफ्नो पहिलो दुई खेलमै दुई–दुई गोल गर्ने पछिल्ला ५० वर्षका खेलाडीमध्ये इङ्ग्ल्यान्डका ह्यारी केनपछि दोस्रो खेलाडी बनेका छन्।
सेनेगलका इस्माइला सारले ५३औं मिनेटमा एक गोल फर्काए भने दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपे। तर‚ त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वेले लगातार दोस्रो जित निकाल्दै समूह ‘आई’ बाट फ्रान्ससँगै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समूह विजेता बन्न नर्वेलाई शुक्रबार फ्रान्सविरुद्ध जित आवश्यक हुनेछ।
यता‚ सेनेगलले विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। यद्यपि‚ टोली बाहिरिएको छैन। अन्तिम खेलमा इराकलाई हराएमा तेस्रो स्थानको टोलीका रूपमा अगाडि बढ्ने सम्भावना जीवित रहनेछ।
खेलमा सेनेगलका कप्तान कालिडु कुलिबाली र गोलरक्षक मेन्डीको त्रुटिले नर्वेलाई पहिलो गोल उपहार दिएको थियो। ओडेगार्डको क्रस कुलिबालीले क्लिअर गर्ने प्रयास गर्दा बल पेडर्सनसम्म पुगेको थियो। त्यसलाई उनले सहज रूपमा गोलमा परिणत गरे।
खेलको ६३औं मिनेटमा चोटका कारण गोलरक्षक मेन्डी मैदान छाड्न बाध्य भएका थिए।नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या चार पुर्याएका छन्। मंगलबार बिहान भएको खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै विश्वकपको अन्तिम ३२ टोलीको चरणमा प्रवेश सुनिश्चित गर्यो।
मार्कस पेडर्सनले ४३औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। घाइते भएका खेलाडीको स्थानमा मैदान प्रवेश गरेका पेडर्सनले आफ्नो विश्वकप डेब्यु खेलमै प्रभावशाली प्रदर्शन गरे। त्यसपछि हालान्डले ४८औं र ५८औं मिनेटमा गोल गर्दै नर्वेको अग्रता ३–१ पुर्याए।
पहिलो गोलमा मार्टिन ओडेगार्डको उत्कृष्ट पासमा दौडिएका हालान्डले बायाँ खुट्टाले प्रहार गर्दै सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीलाई बिट गरे। दोस्रो गोलमा उनले रक्षापंक्तिलाई छिचोल्दै प्याट्रिक बर्गको पासलाई दायाँ खुट्टाले भलीमार्फत जाली चुमाए।
गोल गरेपछि हालान्डले कानतर्फ हात लगाउँदै हजारौं नर्वेली समर्थकलाई उत्साहित बनाए। हालान्डको अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट लय जारी छ। उनले पछिल्ला १२ अन्तर्राष्ट्रिय खेलमा २४ गोल गरेका छन्। प्रत्येक खेलमा कम्तीमा एक गोल गर्न सफल भएका छन्।
५२ अन्तर्राष्ट्रिय खेलमा उनको कुल गोल संख्या ५९ पुगेको छ। २५ वर्षीय हालान्ड विश्वकपका आफ्नो पहिलो दुई खेलमै दुई–दुई गोल गर्ने पछिल्ला ५० वर्षका खेलाडीमध्ये इङ्ग्ल्यान्डका ह्यारी केनपछि दोस्रो खेलाडी बनेका छन्।
सेनेगलका इस्माइला सारले ५३औं मिनेटमा एक गोल फर्काए भने दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपे। तर‚ त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको नर्वेले लगातार दोस्रो जित निकाल्दै समूह ‘आई’ बाट फ्रान्ससँगै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। अब समूह विजेता बन्न नर्वेलाई शुक्रबार फ्रान्सविरुद्ध जित आवश्यक हुनेछ।
यता‚ सेनेगलले विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। यद्यपि‚ टोली बाहिरिएको छैन। अन्तिम खेलमा इराकलाई हराएमा तेस्रो स्थानको टोलीका रूपमा अगाडि बढ्ने सम्भावना जीवित रहनेछ।
खेलमा सेनेगलका कप्तान कालिडु कुलिबाली र गोलरक्षक मेन्डीको त्रुटिले नर्वेलाई पहिलो गोल उपहार दिएको थियो। ओडेगार्डको क्रस कुलिबालीले क्लिअर गर्ने प्रयास गर्दा बल पेडर्सनसम्म पुगेको थियो। त्यसलाई उनले सहज रूपमा गोलमा परिणत गरे।
खेलको ६३औं मिनेटमा चोटका कारण गोलरक्षक मेन्डी मैदान छाड्न बाध्य भएका थिए।