नेपाल मार्शल आटर्स गेम्स महासंघका महासचिव रूपसिं सम्मानित

काठमाडौं। अमेरिकन तेक्वान्दो मार्शल आट्र्स एकेडेमी (एटिएमएए) ले नेपाल राष्ट्रिय मार्शल आट्र्स गेम्स महासंघका महासचिव सबुम रूपसिं तामाङलाई सम्मान गरेको छ।

अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रमका बीच मार्सल आट्र्स गेम्स महासंघका महासचिव रूपसिंलाई उत्कृष्ट नेतृत्व, समर्पण र नेपालमा तेक्वान्दोको विकास तथा प्रवद्र्धनमा पु¥याएको भन्दै उल्लेखनीय योगदानको कदर गर्दै अमेरिकी तेक्वान्दोले सम्मान गरेको हो। उनी रामेछापमा रहेको नेशनल तेक्वान्दो आइटिएफ एकेडेमीका संस्थापक अध्यक्ष हुन्। रूपसिंकै पहलमा रामेछापमा सुविधासम्पन्न राष्ट्रिय स्तरको प्रशिक्षण केन्द्र नेशनल तेक्वान्दो आइटिएफ एकेडेमी निर्माण भएको थियो। उक्त एकेडेमीमा राष्ट्रिय प्रतियोगिता र सेमिनार आयोजनाका साथै राष्ट्रिय खेलाडी उत्पादन मद्दत पुग्दै आएको छ।

आइटिए तेक्वान्दो विकासमा पनि रूपसिंले महत्वपूर्ण योगदान गरेको भन्दै उनलाई अमेरिकन तेक्वान्दो मार्शल आट्र्स एकेडेमी (एटिएमएए) ले सम्मान गरेको हो। सोही अवसरमा साबुम रुपसिंले पनि नेपाल राष्ट्रिय मार्शल आट्र्स गेम्स महासंघका संस्थापक तथा पूर्वअध्यक्ष एवं नेपाल आइटिएफका पूर्वअध्यक्ष मास्टर कृष्ण बलाल र नेपाल आइटिएफका संस्थापक अध्यक्ष मास्टर राजकुमार थापा मगरलाई सम्मान गरेका थिए।

बलाल र थापामगरले तेक्वान्दोमा आजीवन सेवा, दूरदर्शी नेतृत्व र आइटिएफ तेक्वान्दोको उन्नतिमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान प्रदान गरेको रूपसिंले जानकारी दिए । उक्त सम्मान समारोहमा नेपाली अमेरिकी आइटिएफ तेक्वान्दोका मास्टरहरू तथा प्रशिक्षकहरूको उपस्थित थिए।

रूपसिं हाल फिफा विश्वकप हेर्नका लागि संयुक्त राज्य अमेरिका भ्रमणमा गएका हुन्। आफ्नो भ्रमणका क्रममा उनले नेपाल आइटिएफका तेक्वान्दोका संस्थापक र पूर्वप्रशिक्षकका साथै सहकर्मीसँग भेटघाट गरी मार्शल आट्र्समार्फत अन्तर्राष्ट्रिय सहकार्य र मित्रतालाई थप सुदृढ बनाउने अवसरको रूपमा लिएको रूपसिंले बताएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको