एरिका सम्मानित

काठमाडाैं। तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ। इन्डोनेसियामा भएको २२औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो।

सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो।

राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने नगरका खेलाडी पनि नगदसहित सम्मानित भए। उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी अर्याल, तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको