विनुलाई दोहोरो पदक

काठमाडौं। नेपालकी विनु जिटीले १६औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दोहोरो पदक जितेकी छन्।

भुटानको थिम्पुमा भएको प्रतियोगिताको अन्तिम दिन शनिबार विनुले महिला स्विमसुटमा स्वर्ण र मोडल फिजिकमा रजत जितेकी हुन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीका अनुसार अन्तिम दिन नेपालले थप १–१ स्वर्ण र रजत पनि जितेको छ। पुरुष ८० केजीमा सगेन्द्र सिंहले स्वर्ण जिते । महिला टिम च्याम्पियनसिपमा नेपालले रजत प्राप्त ग¥यो। पुरुष ७५ केजीमा दीपजंग रोका मगर पाँचौं भए।

प्रतियोगतामा नेपालले जम्मा ३ स्वर्ण, ३ रजत र १ कांस्य पदक जित्यो। यसअघि पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले स्वर्ण, महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत र पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारेका थिए।

दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्कणदेखि निरन्तर सहभागी नेपालको कुल पदक संख्या १५ स्वर्ण, १९ रजत र २० कांस्य पुगेको छ। नेपाली टोली आइतबार स्वदेश फर्कदै छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको