सुमनलाई कांस्य

काठमाडाैं। नेपाली कराते खेलाडी सुमन तिमिल्सिना युएस ओपन आईएसकेए विश्व मार्सल आट्र्स च्याम्पियनसिपमा कांस्य जितेका छन्।

अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगतिामा सुमनले पुरुष एकल कातामा कांस्य जितेका हुन्। मेक्सिकोले स्वर्ण तथा अमेरिकाले रजत जित्दा अर्को कांस्य जर्मनीले हात पा¥यो। सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा भने स्वर्ण जितेका थिए।

अमेरिका यात्राका लागि लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले सुमनलाई हवाइट टिकट प्रायोजन गरेको छ। लनर्सका प्रबन्धक सुदिप छत्कुली पनि सुमनसंगै अमेरिकामा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको