काठमाडाैं। मोरक्कोले फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा क्यानडालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो पटक क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। यससँगै मोरक्को विश्वकपको क्वार्टरफाइनलमा दुईभन्दा बढी पटक पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ।
सन् २०२२ को विश्वकपमा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्को यसपटक पनि त्यही सफलतालाई निरन्तरता दिने लक्ष्यमा रहेको उनले बताए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५०औं मिनेटमा अजेद्दिन ओउनाहीले अच्राफ हाकिमीको फ्रिकिकलाई सदुपयोग गर्दै बक्सबाहिरबाट उत्कृष्ट प्रहारमार्फत मोरक्कोलाई अग्रता दिलाए।
८२औं मिनेटमा ब्राहिम डियाजको पासमा ओउनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा सौफियान रहिमीले थप एक गोल गरेपछि मोरक्कोले ३–० को सहज जित दर्ता गर्यो।
अब मोरक्कोले क्वार्टरफाइनलमा फ्रान्ससँग बोस्टन स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। उता, सह–आयोजक क्यानडाको ऐतिहासिक यात्रा भने प्रि–क्वार्टरफाइनलमै टुंगिएको छ।
दक्षिण अफ्रिकालाई १–० ले हराउँदै पहिलो पटक नकआउट चरणको जित निकालेको क्यानडा विश्वकपमा तेस्रो सहभागितामै उल्लेखनीय प्रदर्शन गर्न सफल भएको थियो।