फ्रान्स र मोरक्को सेमिफाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता फ्रान्स र मोरक्को शुक्रबार आमनेसामने हुँदैछन्।

फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनल खेल शुक्रबार बिहान १:४५ बजे अमेरिकाको बोस्टन स्टेडियममा हुनेछ।

फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने मोरक्कोले सह–आयोजक क्यानडालाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो।

यी दुई टोली यसअघि २०२२ को कतार विश्वकपको सेमिफाइनलमा पनि आमनेसामने भएका थिए। त्यसबेला फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको