काठमाडौं। फिफा विश्वकपअन्तर्गत क्वाटरफाइनलमा युरोपेली दुई शक्तिशाली टोली स्पेन र बेल्जियम आज सेमिफाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्।
लस एन्जलस स्टेडियममा शुक्रबार राति १२:४५ बजे सुरु हुने यस खेलको विजेताले फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
अन्तिम–१६ को खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो भने बेल्जियमले घरेलु टोली अमेरिकामाथि ४–१ को प्रभावशाली जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको हो।
स्पेन र बेल्जियमबीच भएका पछिल्ला पाँच भेटमा स्पेनले सबै खेल आफ्नो पक्षमा पार्दै स्पष्ट दबाब कायम राखेको छ।
यसअघि शुक्रबार बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।