भारत ‘ए’ सँग नेपालले टियुमा खेल्ने

काठमाडौँ। नेपाल क्रिकेट संघ ९क्यान० ले भारत ‘ए’ टोलीसँग तीन खेलको टी–२० शृङ्खला आयोजना गर्ने भएको छ।

क्यानले शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको जानकारी अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी डिसेम्बर ९, ११ र १३ मा खेल्नेछ।

स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सम्मेलनका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट नियन्त्रण परिषद्का सचिव देवजित साइकियाबीच भएको भेटपछि शृङ्खला आयोजना गर्ने सहमति भएको क्यानले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको