काठमाडौं। प्रिसिजनअन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल लिड्स युनाइटेडसँग ४–२ ले पराजित भएको छ।
आइतबार सम्पन्न खेलमा लिभरपुलका लागि लुक च्याम्बर्सले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने फ्लोरियन भिर्ट्जले ४०औँ मिनेटमा अर्को गोल थपे।
पहिलाे हाफमै २–० ले पछि परेकाे लिड्सका लागि ब्रेन्डन आरोन्सनले ६०औँ मिनेटमा खेल २–१ काे अबस्थामा ल्याए। त्यसपछि डोमिनिक क्याल्भर्ट–लुइनले ७१औँ र ८५औँ मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। त्यअघि सन लङस्टाफले ७३औँ मिनेटमा एक गोल थपेका थिए।
खेलमा लिभरपुलले ५२ प्रतिशत बल नियन्त्रण राखे पनि अवसरको सदुपयोग गर्न नसक्दा ४–२ को हार बेहोर्न बाध्य भयो।