काठमाडौं। प्रिसिजनअन्तर्गतको क्लब मैत्रीपूर्ण फुटबल खेलमा इटालियन क्लब युभेन्टसले इंग्लिस क्लब चेल्सीलाई १–० ले पराजित गरेको छ।
बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा युभेन्टसलाई जित दिलाउने क्रममा एडोन झेग्रोभाले निर्णायक गोल गरे। उनले खेलको ६८औँ मिनेटमा केनान यिल्दिजको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा झेग्रोभाको गोल नै निर्णायक बन्यो। चेल्सीले खेलभर केही अवसर सिर्जना गरे पनि युभेन्टसका गोलकिपर माटिया पेरिनले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।
यससँगै युभेन्टसले प्रिसिजन तयारीमा महत्त्वपूर्ण जित हात पार्दा चेल्सी भने गोल गर्न असफल रह्यो।