काठमाडौं। नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको मिति तय भएको छ।
नेपाल क्रिकेट संघले जारी गरेको पत्रअनुसार एनपीएलको तेस्रो संस्करण २०८३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। यो मिति अंग्रेजी पात्रोअनुसार २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म हो।
यससँगै नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिता एनपीएलको तेस्रो संस्करणका लागि तयारी अघि बढ्ने भएको छ।
प्रतियोगितामा सहभागी टोली, खेलतालिका तथा अन्य व्यवस्थापनसम्बन्धी विवरण नेपाल क्रिकेट संघले आगामी दिनमा सार्वजनिक गर्नेछ।