काठमाडाैं। भुटानको पारो एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ। प्रारम्भिक चरणको खेलमा पारोले अफगानिस्तानको एबीयू मुस्लिम फराह एफसीलाई २–० गोलले पराजित गर्दै समूह चरणमा स्थान पक्का गरेको हो।
मंगलबार भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा पारोको जितमा युता मिशिमा र अब्दुली बाल्डेहले गोल गरे। युताले १८औँ मिनेटमा पारोलाई अग्रता दिलाएका थिए भने अब्दुलीले ८४औँ मिनेटमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
यो जितसँगै पारो एफसीले एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान बनाएको हो। एएफसीका अनुसार पारो लगातार तेस्रो पटक प्रतियोगिताको समूह चरणमा पुगेको हो।
यता, एबीयू मुस्लिम फराह एफसी भने समूह चरणमा पुग्न असफल भयो।