१० वर्षको प्रेमपछि रोनाल्डो र जर्जिना वैवाहिक बन्धनमा

काठमाडौं। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।

रोनाल्डो र जर्जिनाले मंगलबार पोर्चुगलको कास्काइसमा निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। विवाहमा उनीहरूका पाँच सन्तान पनि उपस्थित थिए।

विवाहपछि दुवैले सामाजिक सञ्जालमा विवाहका औँठी देखिने तस्बिर सार्वजनिक गर्दै विवाहको जानकारी दिएका छन्। रोनाल्डो र जर्जिना सन् २०१६ देखि प्रेम सम्बन्धमा थिए।

४१ वर्षीय रोनाल्डो पाँच पटक बालोन डी’ओर जितिसकेका छन् र हाल साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको