काठमाडाैं। युईएफए सुपर कपमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेको छ।
अस्ट्रियाको साल्जबर्गमा बुधबार राति भएको खेलमा पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले ४५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
दोस्रो हाफमा डिजिरे डुइले ६१औँ मिनेटमा गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए। सुरुवातमा अफसाइड दिइएको उक्त गोल भीएआरकाे चेक पछि मान्य भएको थियो।
यससँगै पीएसजीले लगातार दोस्रोपटक युईएफए सुपर कप जितेको छ। उसले गत सिजन पाँच उपाधि जितेको थियो।