रोनाल्डोको अल्मेरियाकाे शानदार जित

काठमाडौं। स्पेनिस ला लिगा २ को नयाँ सिजनमा अल्मेरियाले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोको लगानी रहेको अल्मेरियाले एल्देन्सेलाई ३–० गोलले पराजित गरेको हो।

अल्मेरियाको जितमा फेडेरिको बोनिनीले १५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि स्टेफान जोडिचले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए। निकोलास मेलामेडले ४५औँ मिनेटको थप समयमा तेस्रो गोल थपेपछि अल्मेरियाले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा थप गोल हुन नसकेपछि अल्मेरियाले ३–० को सहज जित निकाल्दै लिगमा तीन अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको