फेलिक्स चम्किँदा अल नासर अन्तिम १६ मा

काठमाडौं। साउदी किङ्स कपको राउन्ड अफ ३२ मा अल नासरले अल दिरियामाथि ४–१ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ।

खेलको दोस्रो मिनेटमै ओस्कार रोड्रिग्वेजले गोल गर्दै अल दिरियालाई अग्रता दिलाएका थिए। तर अल नासरले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै ११औँ मिनेटमा मोहम्मद सिमाकानको गोलमार्फत खेल बराबरीमा ल्यायो।

३५औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए। त्यसको दुई मिनेटपछि अब्दुल्लाह अल–हमदानले गोल थपेपछि पहिलो हाफमै अल नासर ३–१ ले अघि रह्यो।

दोस्रो हाफमा फेलिक्सले ६८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरको जित ४–१ ले पक्का गरे।

यस जितसँगै अल नासरले किङ्स कपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। क्रिस्टियानो रोनाल्डो भने यस खेलमा अनुपस्थित थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको