रियल मड्रिडमा मोरिन्होको पुनरागमन, ‘घर फर्किएजस्तो महसुस भएको छ’

काठमाडाैं। जोसे मोरिन्हो रियल मड्रिडको मुख्य प्रशिक्षकका रूपमा आधिकारिक रूपमा सार्वजनिक भएका छन्। १८ अगस्टमा क्लबले पाेर्चुगिज प्रशिक्षक मोरिन्होलाई निजी समारोहबीच औपचारिक रूपमा प्रस्तुत गरेको हो।

रियल मड्रिडले यसअघि ११ जुनमा मोरिन्होलाई तीन सिजनका लागि नियुक्त गर्ने घोषणा गरेको थियो। उनको सम्झौता ३० जुन २०२९ सम्म रहनेछ। उनले १३ जुलाईदेखि टोलीसँग प्रि–सिजन तयारी सुरु गरेका थिए।

रियल मड्रिडमा दोस्रो कार्यकाल सुरु गरेपछि मोरिन्होले यो पुनरागमन पहिलोपटकभन्दा पनि भावनात्मक रूपमा अझ सुन्दर रहेको बताएका छन्। उनले आफूलाई ‘घर फर्किएजस्तो’ महसुस भएको उल्लेख गरेका छन्।

मोरिन्होले यसअघि सन् २०१० देखि २०१३ सम्म रियल मड्रिडको जिम्मेवारी सम्हालेका थिए। पहिलो कार्यकालमा उनले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिताएका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको