अल हिलालको शानदार जित, अल फयाहा ३–० ले पराजित

काठमाडौं। साउदी प्रो लिगमा अल हिलालले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा अल हिलालले घरेलु टोली अल फयाहालाई ३–० ले पराजित गरेको हो।

अल हिलालको जितमा सर्गेइ मिलिन्कोभिच–साभिच, सुल्तान मन्दाश र सलेम अल–दावसारीले गोल गरे। मिलिन्कोभिच–साभिचले पहिलो हाफमा रिबाउन्डमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मन्दाशले अग्रता दोब्बर बनाए भने अल–दावसारीले तेस्रो गोल थप्दै अल हिलालको सहज जित पक्का गरे।

अल हिलालले पहिलो खेलमा अल फैसलियालाई ४–२ ले हराएको थियो। दुई खेलबाट ६ अंकसहित अल हिलाल शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको