गुइरासीको गोलमा डर्टमुन्ड विजयी

काठमाडौं। सेरु गुइरासीको गोलप्रेरित प्रदर्शनमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। डर्टमुन्डले ह्याम्बर्गलाई २–० गोलले पराजित गरेको हो।

डर्टमुन्डका लागि गुइरासीले ९औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए। पहिलो हाफको इन्ज्युरी समयमा ह्याम्बर्गका सेबास्टियन बोर्नाउले आत्मघाती गोल गरेपछि डर्टमुन्ड २–० ले अघि बढ्यो।

दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि डर्टमुन्डले २–० को जितसहित तीन अंक जोड्यो। यो जितसँगै डर्टमुन्डले बुन्डेसलिगाको नयाँ सिजन ३ अंकसहित सुरु गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको