काठमाडाैं। काष्ठमण्डप विद्यालयले प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ।
बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा काष्ठमण्डपले डाफोडिललाई २०–७ ले पराजित ग¥यो। काष्ठमण्डपकी प्रदी केसीले ८ अंक जोडिन्।
सिनियर गल्र्समै निस्टले त्रियोगलाई २५–१३ तथा मेरिडियनले इन्टरनेसनलले युरो स्कुललाई १३–१२ ले हराए। निस्टकी सिग्दाले ९ तथा मेरिडियनकी सुमना रिजालले १० स्कोर गरे।
जुनियर ब्वाइजमा त्रियोगले डिभाइनलाई ६–४ तथा प्रिमियर इन्टरनेसनलले डाफोडिललाई १८–१४ ले पाखा लगाए। त्रियोगका अभिषेक ठकुरी तथा प्रिमियरका अदिश प्रधानङ्गले समान ४–४ अंक जोडे। सिनियर ब्वाइजमा निस्टले सफलता पायो। निस्टले जेम्सको चुनौती ५६–३७ ले पन्छायो। निस्टका समिन कार्कीले २५ अंक जोडे।