संस्कृति र प्रिमियर फाइनलमा

काठमाडाैं। संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर ब्वाइजमा फाइनलमा पुगेका हुन्।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा संस्कृतिले जेम्सलाई ४७–२० ले पराजित ग¥यो। संस्कृतिको जितमा अभिग्न श्रेष्ठले १२ अंक योगदान गरे। फाइनलमा संस्कृतिको भेट निस्टसंग हुनेछ।

सिजन ताम्राकारको ६ अंक सहयोगमा प्रिमियरले डिभाइनलाई २७–३ ले सहजै हरायो। उपाधिका लागि प्रिमियरले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने छ। दुवै सेमिफाइनल बिहीबार वर्षाका कारण स्थगित भएको खेल हो। सिनियर गल्र्सको उपाधि भिडन्त काष्ठमण्डप विद्यालय र निस्टबीच हुनेछ। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको