बीडीएसको दोस्रो जित

काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको दोस्रो दिन सात खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ चार तथा छात्रातर्फ तीन खेल भएका छन्।

छात्रातर्फको पहिलो खेलमा केएमसी स्कुलले रातो बंगला स्कुललाई १४–४ ले पराजित गर्‍यो। अर्को खेलमा पाठशाला फाउन्डेसन नेपालले चेल्सी वर्ल्ड स्कुललाई १५–५ ले हरायो। आयोजक बीडीएसले युरो स्कुल कोटेश्वरलाई १६–३ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो।

छात्रतर्फकाे पहिलाे खेलमा केएमसी स्कुल ह्वाइटफिल्ड सेकेन्डरी स्कुलसँग ४–१५ ले पराजित भयो। एलआरआई स्कुल रातो बंगला स्कुलसँग ५–१७ ले पराजित भयो। सनसाइन माध्यमिक बोर्डिङ स्कुलले ओएसिस इङ्लिस स्कुललाई ३३–१२ ले हरायो। अन्तिम खेलमा राराहिल मेमोरियल स्कुलले आयोजक बीडीएसलाई १९–५ ले पराजित गर्‍यो।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा छात्रातर्फ २१ तथा छात्रतर्फ १३ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्।

बास्केटबल खेलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार प्रत्येक टोलीका एक खेलाडीले बढीमा दुई क्वाटरसम्म मात्र खेल्न पाउने व्यवस्था गरिएको छ। यस व्यवस्थाले टोलीका सबै खेलाडीलाई मैदानमा खेल्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको उनले बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको