काठमाडौं। स्पेनिस ला लिगामा रियल मड्रिडले रायो भालिकानोलाई ४–१ ले पराजित गरेको छ।
रियलको जितमा किलियन एमबाप्पेले दुई तथा अल्भारो कारेरास र जुड बेलिङ्घमले एक–एक गोल गरे। रायोका लागि सर्जियो कामेलोले एक गोल फर्काए।
एमबाप्पेले १४औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसको तीन मिनेटपछि कारेरासले गोल गर्दै अग्रता २–० बनाए। ३५औँ मिनेटमा बेलिङ्घमले गोल गरेपछि रियल पहिलो हाफमै ३–० ले अघि रह्यो।
दोस्रो हाफको ५१औँ मिनेटमा कामेलोले गोल गर्दै रायोलाई खेलमा फर्काउने प्रयास गरे। तर इन्जुरी समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको ४–१ को जित पक्का गरे।
यससँगै एमबाप्पेले जारी सिजनमा ६ खेलबाट ७ गोल गरेका छन्। रियलले पनि बर्नाबेउमा लगातार चौथो जित हात पारेको छ।