काठमाडौं। लियोनल मेस्सीले गोल गरे पनि इन्टर मियामीले एमएलएसमा शीर्ष स्थानको नासभिल एससीसँग २–२ को बराबरी खेलेको छ।
नासभिलका साम सर्जिजले खेलको चौथो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १९औँ मिनेटमा रिड बेकर–ह्वाइटिङको आत्मघाती गोलबाट मियामी खेलमा फर्कियो।
६२औँ मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई २–१ को अग्रता दिलाए। तर इन्ज्युरी समयको पहिलो मिनेटमा सर्जिजले व्यक्तिगत दोस्रो गोल गर्दै नासभिललाई हारबाट जोगाए।
मेस्सीको यो गोलसँगै उनी यस सिजन एमएलएसमा १९ गोलसहित सर्वाधिक गोलकर्ता बनेका छन्।
बराबरीपछि नासभिल २५ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा कायमै छ भने इन्टर मियामी २५ खेलबाट ४५ अंकसहित दोस्रो स्थानमा छ। नासभिलले मियामीमाथि ९ अंकको अग्रता कायम राखेको छ।