काठमाडौं भदौ २८ गते । न्युटन र तेजस्वी एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सफलता हात पारेका छन्।
न्युटनले सेबलाई १९–१५ ले पराजित ग¥यो। न्युटनकी इरेनी राणाले १० अंक जोडिन्। तेजस्वीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २५–१२ ले हरायो। तेजस्वीकी निशा पण्डितले १३ स्कोर गरिन्।
धापासीस्थित आयोजक ग्रिनल्यान्डमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै जेबी स्कुलले वेद्व्यासलाई २७–१३, फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २२–१९ र मन्जरीले विभूतिलाई २३–१५ ले पन्छाए। जेबीकी कृष्टिना रावलले १७, फेरिल्यान्डकी करुणा बोगटीले १४ र मन्जरीकी समृद्धि बनले २२ अंक जोडे।
सिनियर ब्वाइजमा न्युटनले बीएनएलाई ५१–३८, सेबले किङडमलाई ५४–४२, इबीएले वेद्व्यासलाई ४३–२५ र लालीगुराँस नेसनल एकेडेमीले नेसनल युनाइटेडलाई ५८–२७ ले पन्छाए। न्युटनका मिक्सन तामाङले १३, सेबका अंश श्रेष्ठले १४, इबीएका आदित्य श्रेष्ठले २७ र लालीगुराँसका रोहित गुरुङले १८ अंक बटुले।
जुनियर ब्वाइजमा सेबले न्युटनलाई ३०–२० तथा फेरिल्यान्डले गण्डकीलाई २४–१५ ले पराजित गरे। सेबका आहिल खानले ६ तथा फेरिल्यान्डका राहुल मग्रातीले १५ स्कोर गरे।