काठमाडाैं। गोल्डेनपिक, विच किड्स र न्यु अरुणोदयले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार दोहोरो जित हात पारेका छन्।
म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगितामा गोल्डेपिकले सम्भावीलाई १७–२ तथा बेबीलनलाई १०–५ ले पराजित ग¥यो। गोल्डेपिकका लागि सम्भावी विरुद्ध छिरिङ शेर्पाले ८ तथा बेबीलन विरुद्ध नियाना श्रेष्ठले ५ अंक जोडे।
विच किड्सले सम्भावीलाई १४–६ तथा बेबीलनलाई ११–४ ले हरायो। दुवै खेलमा सर्वाधिक स्कोर गरेकी रशिका तामाङले क्रमशः ५ र ६ स्कोर गरिन्। न्यु अरुणोदयले रिभेरालाई ६–२ तथा प्रस्फुटनलाई १५–२ ले पाखा लगायो। जितमा न्यु अरुणोदयकी रविना कार्कीले क्रमशः ४ र ९ अंक बटुलिन्।
गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समै जगत मन्दिरले पनि दोहोरो जित हात पार्ने क्रममा रिभेरालाई १५–६ तथा प्रस्फुटनलाई ११–८ ले पन्छायो। जगत मन्दिरकी श्रृष्टि तामाङले क्रमशः ६ र १२ अंक जोडिन्।
सिनियर गल्र्सकै अन्य खेलमा क्याम्ब्रिजले नोबेललाई ७–४, नेपाल मेगाले पिस प्वाइन्टलाई ७–५, एलिक्सर एकेडेमीले ज्ञान निकेतनलाई ७–४ र एडभान्सले लाइसियम मोडेललाई २१–१४ ले पराजित गरे। क्याम्ब्रिजकी दृष्य बोहराले ३, नेपाल मेगाकी रितिसा चौधरीले ७, एलिक्सरकी प्रिज्मा दोङले ३ र एडभान्सकी पेङ्गी तामाङले ११ अंक जोडे।