लाइसियम र सम्भावी सेमिफाइनलमा

काठमाडाैं। लाइसियम मोडेल र सम्भावी आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा सरस्वतीनगरस्थित गोल्डेनपिकमा भइरहेको प्रतियोगितामा लाइसियमले नेपाल मेगालाई १७–८ ले पराजित ग¥यो। लाइसियमका रोहन श्रेष्ठले ९ अंक जोडे। सम्भावीले विच किड्सलाई १९–५ ले हरायो। सम्भावीका नरेश विकले ८ स्कोर गरे।

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै गोल्डेनपिकले एडभान्सलाई १७–१५ तथा ज्ञान निकेतनले प्रस्फुटनलाई ३२–१५ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। गोल्डेनपिकका टासी शेर्पाले ६ तथा ज्ञान निकेतनका सुमन तामाङले ८ अंक जोडे।

सिनियर ब्वाइजमा गोल्डेनपिक, एलिक्सर एकेडेमी, ज्ञान निकेतन, बेबीलन, लाइसियम, एडभान्स, पिस प्वाइन्ट र विच किड्सले क्वाटरफाइनल यात्रा तय गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको