स्कोलर्स होम र जेबीलाई सफलता

काठमाडौं भदौ ३० गते । स्कोलर्स होम र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन्।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्कोलर्स होमले एचएचसीएलाई ३०–१९ ले पराजित ग¥यो। स्कोलर्सको जितमा आदित्य ठाकुरले १० अंक योगदान गरे। हरि मगरको १० अंक सहयोगमा जेबीले सेबलाई २१–१८ ले हरायो।

जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई २४–२२, भद्रकालीले ज्ञान संस्कारलाई २९–१४, गण्डकीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २७–११ र फेरिल्यान्डले हिमालयलाई २५–१५ ले पाखा लगाए। लालीगुराँसका संगिता बलामीले १२, भद्रकालीका पाल्डेन लामाले १२, गण्डकीका सम्पूर्ण अधिकारीले १२ र फेरिल्यान्डका प्रज्ज्वल लिम्बूले १० स्कोर गरे।

सिनियर ब्वाइजमा बीएनएले स्वेता सदनलाई ४९–२७ तथा गोल्डेनपिकले सेबलाई ५७–४१ ले पन्छाए। बीएनएका सुशान्त मगरले २० तथा गोल्डेनपिकका अग्रज राईले १९ अंक बटुले।

गल्र्समा जेबीले सेबलाई ३०–१५, भ्याली पब्लिकले फेरिल्यान्डलाई २०–१४ र तेजस्वी एकेडेमीले विभूतिलाई २१–१२ ले पराजित गरे। जेबीकी कृष्टिना रावलले १८, भ्याली पब्लिककी दृष्य गुरुङले १० र तेजस्वीकी निशा पण्डितले १० स्कोर गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको