मर्निङ स्टार मुवाँथाईका पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ, असोज २६ । सुकेधारास्थित मर्निङ स्टार मुवाँथाईले हाइब्रिड कम्ब्याट सिरिज वानमा पदक जित्ने आफ्ना खेलाडीलाई सम्मान गरेको छ।

शनिबार काठमाडाैंमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेका खेलाडीलाई क्लबले सोमबार सुकेधारास्थित आफ्नै परिसरमा कार्यक्रम आयोजना गरी स्वागत तथा सम्मान गरेको हो।

हाइब्रिड कम्ब्याट सिरिज वानमा मर्निङ स्टार मुवाँथाईका खेलाडीले ६ स्वर्ण र दुई रजत पदक जितेका थिए। प्रतियोगिता टोखास्थित हाइब्रिड जिममा आयोजना भएको थियो।

प्रतियोगिताको एमेच्योरतर्फ सन्देश राईले ३७ केजी तौल समूहमा स्वर्ण पदक जिते। १३ वर्षीय सन्देशले १२ वर्षीय प्रिन्स डेलसँग प्रतिस्पर्धा गरेका थिए। सौरव राईले ३५ केजी तौल समूहमा स्वर्ण जिते। १३ वर्षीय सौरवले १० वर्षीय सानिस्टर राईलाई प्रतिस्पर्धामा पछि पारे।

त्यस्तै, १४ वर्षीय अभिन थरुङले ५१ केजी तौल समूहमा स्वर्ण पदक जिते। १९ वर्षीय रिजन क्षेत्रीले ६५ केजी तौल समूहमा स्वर्ण पदक जित्दा १९ वर्षीय रोज तामाङले ५७ केजी तौल समूहमा रजत पदक हात पारे।

प्रो–एमेच्योरतर्फ सुरज तामाङले ६८ केजी तौल समूहमा स्वर्ण पदक जिते। उनले हिन्ट मुवाँथाईका जनकसँग प्रतिस्पर्धा गरेका थिए। त्यस्तै, १९ वर्षीय इदित क्षेत्रीले ६३ केजी तौल समूहमा स्वर्ण पदक जिते। उनले माउटेन मुवाँथाईका २० वर्षीय सुरेशसँग प्रतिस्पर्धा गरेका थिए।

मर्निङ स्टार मुवाँथाईकी ट्रेनर डेनिका राईले राष्ट्रियस्तरको च्याम्पियनसिपमा आफ्ना खेलाडीले हासिल गरेको सफलताले उत्साहित बनाएको बताइन्। खेलाडीको मेहनत, अनुशासन र लगनशीलताले प्रतियोगितामा राम्रो नतिजा हासिल गर्न सहयोग पुगेको उनको भनाइ थियो। क्लबले खेलाडीको सफलताले मुवाँथाई खेलप्रति थप उत्साह जगाएको उल्लेख गर्दै आगामी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको