काठमाडौं। भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन्।
पन्जावको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन्। नेपालका लागि ओम प्रकाश कोलीले ५० केजी तौल समूहमा, सोनी तामाङ महिला ५० केजी तौल समूहमा, प्रान्जल बोहोरा पुरुष ३० केजी तौल समूहमा, फुर्साङ तामाङ महिला ४२ केजी तौल समूहमा, शीतल कोली महिला ४० केजी तौल समूहमा, सृजना बिसी महिला ४६ केजी तौल समूह र प्रयास खत्रीले पुरुष ५८ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्।
त्यसैगरी तुफान खड्का, उत्सव पुरी, सुभास चौधरी र करण सिर्पालीले रजत पदक प्राप्त गरे भने सिद्धार्थ साउद र समीर बिकले कांस्य पदक हात पारे। प्रतियोगितामा नेपालसहित कजाकस्तान, रसिया, अजरबैजान, ताजकिस्तान, जर्मनी , पाकिस्तान, बंगलादेश, तुर्कमेनिस्तान, अफगानिस्तान, भारत, न्युजिल्याण्ड, किर्गिस्तान, लगायतका देशले सहभागिता जनाएको अन्र्तराष्ट्रिय प्रशिक्षक एवं पूर्व नेपाली राष्ट्रिय खेलाडी निकेश श्रेष्ठले जानकारी दिए।
नेपाली टोलीमा पदम ठकुल्ला र विजय कुमार सोनी प्रशिक्षकका रूपमा सहभागी थिए। त्यस्तै निश्चल केसी र सुमित सोनीले निर्णायकको जिम्मेवारी निर्वाह गरेका थिए। टोली व्यवस्थापकमा आलिक राई थिए भने टिम लिडर जोन तामाङ रहेका थिए। प्रतियोगितामा प्राप्त यस उपलब्धिले नेपालमा अराशी एमएमए खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अराशी एमएमए संघले कम्ब्याट फिटनेसमा एक कार्यक्रम आयोजना गरी नेपाली खेलाडी तथा टोलीका सदस्यहरूलाई बिदाइ गरेको थियो।
पदक विजेता खेलाडीहरू
स्वर्ण पदक विजेता (७ जना)
१. ओम प्रकाश कोली
२. सोनी तामाङ
३. प्रान्जल बोहोरा
४. फुर्साङ तामाङ
५. शीतल कोली
६. सृजना बिसी
७. प्रयास खत्री
रजत पदक विजेता (४ जना)
१. तुफान खड्का
२. उत्सव पुरी
३. सुभास चौधरी
४. करण सिर्पाली
कांस्य पदक विजेता (२ जना)
१. सिद्धार्थ साउद
२. समीर बिक