एनपिएलको दोस्रो दिन दुई खेल हुदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिन मंगलबार दुई खेल हुँदैछन् ।

यस संस्करणको पहिलो डबल हेडर रहेको मंगलबारको पहिलो खेलमा विराटनगर किंग्सले चिवतन राईनोजसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदानमा हुने खेल दिउसो १२ः३० मा आयोजना हुनेछ । विराटनगरको कप्तानीमा स्पिनर सन्दीप लामिछाने तथा चितवनको कप्तानमा अलराउन्डर कुशल मल्ल छन् ।

विराटनगर आन्द्रे रसेल लगायत चर्चित अनुहारका साथ मैदान उत्रदा चितवनलाई भने पाकिस्तानी खेलाडीले नो अब्जेक्सन लेटर(एनओसि) नपाउदा संकट रहने अनुमान रहेको छ ।

आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । यो खेल अपराह्न ५ बजे सुरु हुनेछ । जनकपुरले यसपटक नयाँ कप्तानका रुपमा हरमित सिंहलाई टोलीमा भित्राएको छ । यता, कर्णालीको कप्तानमा सोमपाल कामी नै निरन्तरता दिएको छ ।

पाकिस्तानी क्रिकेट बोर्डसँग कागजी प्रक्रिया नमिलेका कारण दुवै टोलीमा रहेका चर्चित पाकिस्तानी खेलाडीले यस गुमाउँने सम्भावना रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन सोमबार भएको थियो । साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको