जनकपुरलाई कर्णालीको मध्यम लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रनको मध्यम योगफल तयार गरेको हो ।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर मार्क वाट १ रनमा आउट हुदाँ दिपक डुम्रेको नाममा १३ रन रह्यो ।

पवन सरार्फ ३७ बलमा ३७ रनका साथ पवेलियन फर्कदा गुलसन झाले १२ रन जोडे । नन्दन यादव ९ तथा अकबर अलि र कप्तान सोमपाल कामी समान १ रनमा समेटिए ।

जनकपुरका लागि कप्तान हरमित सिंहले ४ ओभरमा १ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिए । ट्यालेन्ट हन्टबाट टोलीमा स्थान बनाउँदै जनकपुरका लागि पहिलो खेल खेलेका राहुल यादवको नाममा २ विकेट रह्यो । राहुल डेब्यु बलमा नै विकेट लिन सफल भए । इंग्ल्याण्डका अनुभवी अलराउन्डर मोइन अलिले २ विकेट लिदा ललित राजवंशीको नाममा १ विकेट रह्यो ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको