काठमाडाैँ। विशाल विक्रम कायश्थको संयोजकत्वमा काभ्रे जिल्ला टेबलटेनिस संघ, तदर्थ समिति गठन गरिएको छ।
अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुवेरप्रकाश सिंहलगायतको उपस्थितिमा १० सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो।
सह–संयोजक दीपकप्रसाद थपलिया छन्। सदस्यमा मधुसुदन तिमिल्सिना, विजेन रन्जित, विमला मानन्धर, मनीषा तामाङ, रुपचन्द्र थापा, रोहिन पराजुली, किरण श्रेष्ठ र सिद्ध राना मगर रहेका छन्।


