काभा मेन्स क्लब भलिबल खेल्न जाने हेल्प नेपाल स्पोर्ट्स क्लबकाे बिदाइ


काठमाडौं। काभा मेन्स क्लब भलिबल च्याम्पियनसिप २०२५ मा सहभागी हुने टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरिएको छ।

काठमाडौंमा शनिबार एक कार्यक्रमकाबीच खेलाडी, प्रशिक्षक र अफिसियलको बिदाइ गरिएको हो।

बिदाइ समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

प्रतियोगिता जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको राजधानी माले सिटीमा आयोजना हुँदैछ।

हेल्प नेपाल पोखरामा सम्पन्न ९औं संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिबल विजेताको हैसियतले सो प्रतियोगितामा सहभागी हुन लागेको हो।

हेल्प नेपाल स्पोर्ट्स क्लबका खेलाडीहरु
विष्णुबहादुर क्षेत्री, सफल विक, चिरन्जिवि खड्का, विनोद बहादुर चन्द, याम बहादुर भण्डारी, सुवास कुँवर, मनिष मानन्धर, सन्तोष राई, रविन चन्द, रविन नगरकोटी, उस्मान, मोहम्मद आसिफ नाभिद

अफिसियल
कोच : उत्सव खड्का, सहायक कोच : सुजन केसी
सहायक कोच : राजन कुमार उपाध्याय
टिम म्यानेजर : झम्क नारायण श्रेष्ठ
रेफ्री : विकास गुरुङ


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको