अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषणा


काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियामा हुने ‘द टप इन्ड टी-२० सिरिज’ खेल्ने नेपाली टिमको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा साेमबार १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित राजबंशी रहेका छन्।

अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुँदै छ।

प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुँदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन्।

नेपालले १५ अगस्टमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको