पोखरा । पोखराको नदीपुरमा ८औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गईरहेको प्रतियोगिता यही असोज ९ गते देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने प्रतियोगिताका संयोजक मनोज खड्काले बताए।
संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन्। विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता l6dले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
पुरुषतर्फ सहभागी l6dले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए।


