सहारा क्वार्टरफाइनलमा प्रवेश


पोखरा। १५औँ आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आयाेजक सहारा क्लबले गुर्खा इन्टरनेशनल एफसीलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न उद्घाटन खेलमा सहारा क्लबलाई जित दिलाउने प्रशन्न श्रेष्ठले निर्णायक गोल गरे। उनले खेलको इन्जुरी समय गाेल गर्दै सहारालाई क्वबाटफाइनलमा पुर्याएका छन्।

अब सहारा क्लबले क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फ्लडलाइटको उज्यालोमा हुने उक्त भिडन्तमा सहाराले आफ्नो यात्रा थप अघि बढाउने लक्ष्य लिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको