काठमाडौं । भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ।
डा.मनिष राज पाण्डेको अध्यक्षतामा बिहीवार एक समारोहकाबीच सम्पन्न भएको हो।
साधारण सभामा संघका सचिव संजय बस्नेतले वार्षिक प्रगति विवरण र कोषाध्यक्ष कवि खागीले वार्षिक आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए। साधारण सभाले कार्य समितिबाट प्रस्तुत भएको आर्थिक बर्ष २०८०र०८१ को वार्षिक प्रगति विवरण, वार्षिक आर्थिक प्रतिवेदन, वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ।
सभाले आर्थिक बर्ष २०८१र०८२ को वार्षिक लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। आर्थिक बर्ष २०८१र०८२ को वार्षिक कार्यक्रम, कार्य योजना र बजेट पारित समेत पारित गर्यो।
चालु आर्थिक बर्ष २०८१र०८२ मा एनसीसीएस आमन्त्रित उपत्यकाव्यापी टी–२० क्रिकेट प्रतियोगितालाई निरन्तरता दिईने साधारण सभाले निर्णय गरेको छ।


